Logo

आइतवार, श्रावण २४ गते २०८३

images

उप निर्वाचनमा एमालेबाट गृहमन्त्री थापा उम्मेदवार

उप निर्वाचनमा एमालेबाट गृहमन्त्री थापा उम्मेदवार

दैनिकी न्यूज

१०, बैशाख २०७८
उप निर्वाचनमा एमालेबाट गृहमन्त्री थापा उम्मेदवार
images

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले थापालाई नै आगामी उपचुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने बताएका हुन् । 'हाम्रो पार्टीतिर लागेका कारणले माओवादीले कारबाहीको नाउमा रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमा पुन: जिताएर ल्याइनेछ । हामीले निष्कासन गरेका मान्छेहरु जित्दैनन्, ' ओलीले बैठकमा भने,'जेठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापा नै हाम्रो उम्मेदवार हो । हामी समयमा औपचारिक निर्णय गर्छौ लगेको  ।' जनता पुन: एमालेको पक्षमा छ भन्ने सन्देश दिन निर्देशन दिँदै प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेमा लागेपछि जसरी नि संरक्षण हुने आश्वासन दिए । 'पूर्वमाओवादी साथीहरु प्रचण्डको डर, धम्की, मुद्दा सामना गरेर आफ्नो सांसद पद त्यागेर जुन ढंगले लाग्नु भयो । उहाँहरुलाई पुन: चुनाव गराएर जिताइनेछ र एमालेमा लागेपछि जसरी नि संरक्षण हुन्छ । केपी ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय हुँदैन। हाम्रो पार्टी ध्वंस बनाउने, पार्टी कार्यालय कब्जा गर्ने चरण सामना गरेर आएका छौं । अब हाम्रो भागमा जीत मात्र छ । ७४ सालमा पपुलर मत ४४ लाख मत पाएको हो । अब ५० लाख ल्याउने हो,' ओलीको भनाइ थियो । साविकको नेकपाबाट राष्ट्रिय सभा सदस्य बनेका थापा एमालेमा लागेका कारण उनलाई माओवादी केन्द्रले सांसदबाट हटाएको थियो । सांसद पद खोसिएपछि पुन: गृहमन्त्री बनेका थापालाई आगामी उपनिर्वाचनमा पनि उम्मेदवार बनाउने एमाले अध्यक्ष ओलीले घोषणा गरेका हुन् ।

images
प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - २३:२७:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology