Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रशासन कार्यालय ललितपुरमा पनि अत्यावश्यकबाहेकका सेवा एक साताका लागि स्थगित (सूचनासहित)

प्रशासन कार्यालय ललितपुरमा पनि अत्यावश्यकबाहेकका सेवा एक साताका लागि स्थगित (सूचनासहित)

दैनिकी न्यूज

१२, बैशाख २०७८
प्रशासन कार्यालय ललितपुरमा पनि अत्यावश्यकबाहेकका सेवा एक साताका लागि स्थगित (सूचनासहित)
images

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले सोमबारदेखि एक साताका लागि अत्यावश्यकबाहेकका सेवा हाललाई स्थगित गरिएको छ ।

कारोना भाइरस (कोभिड–१९) संक्रमित प्रत्येक दिन बढ्दै गएकाले यस्तो निर्णय गरिएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनले अन्य कार्यालयमा पनि भीडभाड हुन नदिन आलोपालो पद्धतिबाट सेवा दिने व्यवस्था मिलाउन भनिसकेको बताए ।

प्रशासनबाट उपलब्ध गराउँदै आएको नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता एक साताका लागि स्थगित गरिएको छ ।

शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित काम र अन्य अत्यावश्यक सिफारिसहरु भने सुचारु हुने बस्नेतले बताए ।

suchana lp.jpg

images
प्रकाशित मिति :बैशाख १२, २०७८ आइतवार - १९:५५:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology