Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

खोप लिएकाबाट अरुलाई कोरोना सार्ने सम्भावना उच्च

खोप लिएकाबाट अरुलाई कोरोना सार्ने सम्भावना उच्च

दैनिकी न्यूज

१३, बैशाख २०७८
खोप लिएकाबाट अरुलाई कोरोना सार्ने सम्भावना उच्च
images

काठमाडौं । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन् । नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जानले दोस्रो मात्रा पनि लिइसकेका छन् । यो हिसाबले कुल जनसंख्याको ७ प्रतिशत खोप लिएका छन् ।

खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुने र उनीहरुबाट अरुलाई सार्ने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा। श्यामराज उप्रेतीका अनुसार कोरोना भाइरस नयाँ रोग भएको र नयाँ रोगको खोप भएकाले यसको प्रभावकारिता अवधि हेर्न बाँकी छ । खोप उत्पादनकर्ताका अनुसार कुनै पनि खोपको रोगसित लड्ने प्रतिरक्षा क्षमता सय प्रतिशत नहुने भएकाले खोप लिएपछि पनि जोखिम कायमै रहन्छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख १३, २०७८ सोमवार - ०६:५४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology