Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

वाणिज्य विभागको सेवा प्रवाह एक साताका लागि स्थगित

वाणिज्य विभागको सेवा प्रवाह एक साताका लागि स्थगित

दैनिकी न्यूज

१३, बैशाख २०७८
वाणिज्य विभागको सेवा प्रवाह एक साताका लागि स्थगित
images

काठमाडौं । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

विभागले सोमवार सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा सोमवारदेखि यही वैशाख १९ गतेसम्मका लागि स्थगन गरिएको बताएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईंले भने, ‘विभागमा सेवाग्राहीको भीडभाड हुँदा सङ्क्रमणको जोखिम थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अतिआवश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेपछि प्रशासनकै आग्रहमा हामीले सेवा प्रवाह स्थगन गरेका हौं। भीडभाड बढी हुने काम रोकिए पनि बजार अनुगमनलगायतका काम हुन्छ ।’ रासस

images
प्रकाशित मिति :बैशाख १३, २०७८ सोमवार - २०:३०:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology