Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एकै परिवारका ११ सदस्य कोरोना संक्रमित

एकै परिवारका ११ सदस्य कोरोना संक्रमित

दैनिकी न्यूज

१४, बैशाख २०७८
एकै परिवारका ११ सदस्य कोरोना संक्रमित
images

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं। ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि भर्ना हुँदा उनको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो ।

वृद्ध महिलामा सङ्क्रमण पुष्टि भएपछि उनको परिवारका १५ सदस्यको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए । केही दिनअघि परिवारका ६० वर्षीय एक पुरुष भारतको राजस्थानबाट फर्किएको निमित्त प्रमुख यादवले जानकारी दिए । सङ्क्रमित ११ जनालाई होम आइसोलेसन गरिएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - ०७:०३:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology