Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रजिअलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द

प्रजिअलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द

दैनिकी न्यूज

१५, बैशाख २०७८
प्रजिअलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द
images

सिन्धुपाल्चोक । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेललाई कोभिड–१९ सङ्क्रमण देखा परेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा बन्द गरेको छ ।

कार्यालयले मंगलबार एक सूचना प्रकाशित गरी यही वैशाख १५ देखि २१ गतेसम्म कार्यालयको सेवा बन्द गरिएको जनाएको छ ।

सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा एक कर्मचारीसहित छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । जिल्लामा हालसम्म ८८० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेका छन् । तीमध्ये १७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - ०४:५१:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology