Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

१५, बैशाख २०७८
सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) सुनको भाउ तोलामा ९१ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ५ सय रहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९० हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको भाउ पनि घटेको छ । मंगलवार प्रतितोला १ हजार ३१५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला १ हजार ३०५ मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - १३:२४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology