Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना सङ्क्रमण

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना सङ्क्रमण

दैनिकी न्यूज

१५, बैशाख २०७८
गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना सङ्क्रमण
images

कास्की । गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । मङ्गलबार स्वाव सङ्कलन गरिएका सांसदहरुमध्ये ३ जना सांसदलाइ कोरोना सङ्क्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद विन्शु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश सभाको मङ्गलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । बैठकमा एमालेका सांसदहरुले कोरोनाको महामारी फैलिएको अवस्थामा कोरोना परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् ।

सभामुखले बैठक स्थगित गरेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको मङ्गलबार नै कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो । कोरोना परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको हो ।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - १३:२९:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology