Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गण्डकी प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथी मतदान भएन, सांसद नै गायब पारियो

गण्डकी प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथी मतदान भएन, सांसद नै गायब पारियो

दैनिकी न्यूज

१५, बैशाख २०७८
गण्डकी प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथी मतदान भएन, सांसद नै गायब पारियो
images

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथी मतदान गर्न तय भएको गण्डकी प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ। प्रदेश सभा सचिवालयले अर्को सूचना नभएसम्मका लागि सभाको बैठक स्थगित गरेको हो। राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदको अवस्था सार्वजनिक नभएसम्म गण्डकी प्रदेश सभाको कारवाही रोक्क माग गर्दै प्रदेश सभामा निवेदन दिएको थियो। राजमोकी सचेतक पियारी थापाले प्रदेश सभा सचिवालयमा एक पत्र दर्ता गर्दै आफ्ना सांसद खिमविक्रम शाहीको अवस्था सार्वजनिक गर्न माग गरेकी थिइन्। उक्त विषयमा सम्बोधन नगरी सदन संचालन गर्न उपयुक्त नभएको भन्दै बैठक स्थगित गरिएको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान कै दिन सांसद शाहि सम्पर्कविहीन भएका थिए। अविश्वास प्रस्तावमा राजमो निर्णायक छ।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - २१:५३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology