काठमाडौं । निरन्तर ओरालो लागेको सुनको भाउ बढेको छ । बिहीबार सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन भने सुनको मूल्य ७०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बिहीबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार ३०५ रुपैयाँमा झरेको थियो ।
देशका प्राय स्थानमा कोरोना भाइरसका कारण जारी भएको लकडाउनले गर्दा व्यवसाय ठप्प रहेको छ ।