Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज निषेधाज्ञाको दोस्रो दिन, काठमाडौँ उपत्यकामा कडाइ

आज निषेधाज्ञाको दोस्रो दिन, काठमाडौँ उपत्यकामा कडाइ

दैनिकी न्यूज

१७, बैशाख २०७८
आज निषेधाज्ञाको दोस्रो दिन, काठमाडौँ उपत्यकामा कडाइ
images

काठमाडौँ । हिजो (बिहिबार) देखि लागू गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञाको आज दोस्रो दिन हो। प्रशासनले आजदेखि निषेधाज्ञा थप कडा गर्ने तयारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले आजदेखि निषेधाज्ञा थप कडा बनाउन लागेको हो।

निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केहि भीड देखिए पनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासनले जनाएको छ ।

त्यस्तै प्रशासन कार्यालयमा पासका लागि भिड भएको भन्दै अत्यावश्यक कामका लागि प्रहरीले सहजीकरण गर्ने जनाएको छ।

निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा पनि आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ। अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ।

बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए। केही जिल्लामा यसअघि नै निषेधको आदेश जारी भएपनि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ।

प्राप्त विवरणअनुसार मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ। यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुर्खेत र सुनसरी छन्।

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - ०८:५१:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology