Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

निषेधाज्ञा झन कडा पार्ने निर्णय, खुल्ने कार्यालयमा समेत नयाँ नियम

निषेधाज्ञा झन कडा पार्ने निर्णय, खुल्ने कार्यालयमा समेत नयाँ नियम

दैनिकी न्यूज

१७, बैशाख २०७८
निषेधाज्ञा झन कडा पार्ने निर्णय, खुल्ने कार्यालयमा समेत नयाँ नियम
images

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले निषेधाज्ञा लागू गरिएका जिल्लामा सबै सरकारी कार्यालय सञ्चालन नगरी एक चौथाइ मात्र खोल्ने निर्णय गरेको छ । सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्ने, सञ्चालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै रहने गरी सञ्चालन गर्न पनि निर्देशन दिएको छ । यस्तै भारतसँगका ३५ मध्ये १३ वटा मात्रै नाका सञ्चालन गरी २२ वटा बन्द गर्ने पनि समितिले निर्णय गरेको छ । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - २१:२२:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology