Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

निषेधज्ञाको दोस्रो दिन नियम उल्लंघन गर्ने धेरै

निषेधज्ञाको दोस्रो दिन नियम उल्लंघन गर्ने धेरै

दैनिकी न्यूज

१८, बैशाख २०७८
निषेधज्ञाको दोस्रो दिन नियम उल्लंघन गर्ने धेरै
images

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधज्ञा भएको दोस्रो दिन शुक्रबार जनजीवन समान्य रहे पनि नियम उल्लंघन गर्नेको संख्या धेरै रहेको छ । निषेधाज्ञा जारी भएको पहिलो दिन हिजोसम्ममा सवा २ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए भने भित्रिनेको संख्या ७० हजार रहेको थियो ।

ट्राफिक प्रहरीका प्रवक्ता, एसएसपी श्यामकृष्ण आधिकारीका अनुसार शुक्रबार सवारी पास नभएका नियम उल्लंघन गर्नेको संख्या धेरै रहेको छ । उनले भने,“ दुई हजारभन्दा बढी गाडीलाई कारबाही र नियम उल्लङ्घन गर्ने मानिसलाई पनि नियन्त्रणमा लिएका छौँ, विवाह लगायत ठाउँमा १५ जनाभन्दा बढीले भीड गर्न नहुने भने पनि आटेर गरेका छन् ।”

मानिसको दैनिक जनजीवनमा केही प्रभाव पनि परेको भन्दै उनले भने, “समान्य समयभन्दा केही प्रभाव त परेकै हो, यो लकडाउन हो मान्छे प्रभावित होस् हिँडडुल नगरोस् भनेर गरेको त्यसैको असर हो ।” कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकालगायत तीन जिल्लामा बिहीबारदेखि निषेधाज्ञा जारी छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनका अनुसार विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण रोकथाम तथा न्युनीकरणको लागि शुक्रबार चार पाङ्ग्रे सवारी १७१ तथा दुई पाङ्ग्रे सवारी जम्मा ७०२ वटा गरी ८७३ वटा सवारी साधन होल्ड गरिएको जानकारी दिए । त्यस्तै अनावश्यक हिंडडुल गर्ने महिला ७ सय ८६ तथा पुरुष १५ सय ६ गरी २२ सय ९२ जनालाई होल्ड गरी संझाई बुझाई गरी छाडिएको र तपाईंको माक्स खोई कार्यक्रम अन्तर्गत ८ सय १ जनालाई माक्स बितरण गरिएको महर्जनको भनाई छ ।

विमानस्थल जाने यात्रु चढेका सवारी साधनलगायत निषेधाज्ञामा खाद्यन्न, औषधि, दूध, पानी, तरकारी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित सवारी साधन र अत्यवाश्यक सवारी साधनलाई पास बनाई चल्न दिइएको उनले बताए ।

 

2.jpg

1.jpg

images
प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - ००:०१:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology