Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तरकारी बजारमा कोरोना सर्ने जोखिम बढ्यो

तरकारी बजारमा कोरोना सर्ने जोखिम बढ्यो

दैनिकी न्यूज

१९, बैशाख २०७८
तरकारी बजारमा कोरोना सर्ने जोखिम बढ्यो
images

काठमाडौं । कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु जोखिममा परेका छन् ।

खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र बेलुका एक्कासि भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ ।

खाद्यान्न तथा तरकारी पसल बिहान ६ः०० देखि १०ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म खुला हुन्छन् ।

खुद्रा पसलका लागि तरकारी तथा फलफूल खरिद गर्न थोक बजार कालीमाटी, बल्खु, बानेश्वर, तीनकुने, बागबजार टुकुचालगायतका ठाउँमा जाने गरेका छन् त्यसले गर्दा बिहान त्यहाँ अत्यधिक भीड हुने गरेको छ ।

थोक बजार पनि अघि पछिभन्दा सीमित समयसम्म खुल्ने भएकाले उपभोक्ताको भीड अत्यधिक हुने गरेको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले तरकारी बजारमा अत्यधिक भीडका कारण जोखिम बढेको बताए । सरकारले तोकेको मापदण्डअनुसार बजार सञ्चालन गरे पनि कतिपय व्यापारीले त्यो मापदण्ड पालन नगरेका कारण जोखिम झनै बढेको उनले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - ०७:१८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology