Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

दैनिकी न्यूज

१९, बैशाख २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
images

काठमाडौं । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका हुन् । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामापत्रमा उल्लेख छ ।

मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेल उथलपुथल भएको छ । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।

वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । मुख्यमन्त्री पोखरेललाई सत्ता जोगाउन ४१ सांसदको आवश्यकता पर्छ । ४१ सांसद एमालेकै छन्, तर पार्टीभित्रको चर्को अन्तरद्वन्द्वका कारण पोखरेलको पक्षमा ४१ मत प्राप्त हुनेमा आशंका उब्जिएको छ ।

मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निष्कासनमा परेपछि मुख्यमन्त्री पोखरेलले ४१ मत मात्र ल्याए पुग्ने अवस्था बनेको हो । दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरूलाई ‘फ्लोर क्रस’ हुनबाट कसरी रोक्ने भन्ने चुनौती देखिएपछि मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए। 

२०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो। पोखरेल एमाले अध्यक्ष एंव प्रधानमन्त्री  केपी शर्मा ओलीका विश्वासपात्र हुन्। 

प्रदेशसभामा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका दुई, जनमोर्चाका एकजना सांसद छन् ।

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - १०:०२:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology