Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाको असर, अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द

कोरोनाको असर, अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द

दैनिकी न्यूज

१९, बैशाख २०७८
कोरोनाको असर, अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द
images

काठमाडौं । सरकारले कोरोना संक्रमण तीब्र फैलिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने भएको छ । बढ्दो कोभिड संक्रमण रोकथामका लागि सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिइन । ती मन्त्रीका अनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रमित भेटिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - २२:३५:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology