Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रहरी लगाएर मुख्यमन्त्री पोखरेलले लिए मुख्यमन्त्रीको शपथ, जसपाका दुई जना पनि मन्त्री

प्रहरी लगाएर मुख्यमन्त्री पोखरेलले लिए मुख्यमन्त्रीको शपथ, जसपाका दुई जना पनि मन्त्री

दैनिकी न्यूज

१९, बैशाख २०७८
प्रहरी लगाएर मुख्यमन्त्री पोखरेलले लिए मुख्यमन्त्रीको शपथ, जसपाका दुई जना पनि मन्त्री
images

बुटवल । प्रहरी र सशस्त्र प्रहरी लगाएर तनावग्रस्त अवस्थाका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पद तथा गोपनियताको शपथ गराएका हुन् । नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले बहुमत आफूहरुसँग रहेको दाबी गर्दै शपथ रोक्न माग गरे पनि प्रदेश प्रमुख यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर पोखरेललाई शपथ खुवाएका हुन् । आइतबार दिउँसो देखिनै धर्ना दिएका विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालय नाराबाजी गरेर शपथ रोक्न खोजेपछि बाक्लो सुरक्षा घेराबीच प्रदेश प्रमुख यादवलाई मुख्यमन्त्री कार्यालय लगेर शपथ खुवाइएको हो । सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै बिहान राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनीको राजनीतिक जोडघटाउ छिनछिनमै फेरिएको छ । हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्यमध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी पेस गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए । तर प्रदेश प्रमुख यादवले यसअघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै आर्थिक तथा योजनामन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजाल नियुक्त भएका छन् । दोस्रो चरणमा भौतिक पूर्वाधार मन्त्रीमा जसपाका सन्तोष पाण्डे र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा बिजयबहादुर यादव नियुक्त भएका छन् ।

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - २३:०३:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology