Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

४१ जिल्लामा निषेधाज्ञा

४१ जिल्लामा निषेधाज्ञा

दैनिकी न्यूज

२०, बैशाख २०७८
४१ जिल्लामा निषेधाज्ञा
images

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा सुरु गरेकोमा आइतबार साँझसम्म २९ जिल्लामा पूर्ण तथा १२ जिल्लामा आशिंक गरी ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

गृह मन्त्रालयका अनुसार बाँके, सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रूपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, गुल्मी, प्युठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्ण रूपमा जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको छ ।

कास्कीमा निषेधाज्ञा भए पनि जोरबिजोर लागू गरिएको छ । अन्यमा जिल्लाभर पूर्ण रूपमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

सल्यान, अर्घाखाँची, बैतडी र बझाङमा २० वैशाखबाट निषेधाज्ञा लागू हुनेछ । कपिलवस्तु, नुवाकोट, धनुषा, दैलेखमा २१ वैशाखबाट निषेधाज्ञा जिल्लाभर लागू हुनेछ ।

यसैगरी, बाग्लुङ, बर्दिया, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा संक्रमणको अवस्थालाई हेरेर स्थान तोकेर नै आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएम सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो । सोहीअनुसार जिल्ला प्रसासन कार्यालयमार्फत जिल्लामा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

निषेधाज्ञाले बढ्दो गतिमा रहेको संक्रमण एक हदसम्म नियन्त्रण गर्न सहयोग गर्ने जनस्वास्थ्यविद् बताउँछन् । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - ०६:२६:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology