Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन

सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन

दैनिकी न्यूज

२१, बैशाख २०७८
सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन
images

काठमाडौं । शुक्रबारदेखि सार्वजनिक निष्कासनमा आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र कम्पनीले आईपीओ विक्री गर्न लागेको हो ।

छिटो अवधि वैशाख २१ गतेभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले ढिलोमा वैशाख ३१ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको थियो । कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा करिब ३ गुणा बढी आवेदन परेको थियो ।

कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाा बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गरेको हो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । 

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०५:५२:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology