Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भुटान ‘सेफजोन’मा, कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु

भुटान ‘सेफजोन’मा, कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु

दैनिकी न्यूज

२१, बैशाख २०७८
भुटान ‘सेफजोन’मा, कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु
images

काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ ।

भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ ।

अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टोरमार्फत भुटान पु–याइएको थियो ।

भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०६:४२:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology