काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।
अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।
पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवत जावत गर्न दिने,फुटपाथ तथा खुल्ला ठाँउ तथा ठेलागाडा वा साइकलमा संचालन हुने विभिन्न व्यापार व्यवसाय संचालन एवं कवाडी संकलन गर्न रोक लगाउने र यस अघि जारी गरिएका सबै सवारी पास खारेज गर्ने निर्णय प्रशासन कार्यालयहरुले गरेका छन्।