Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सर्वाधिक संक्रमण र मृत्यु

सर्वाधिक संक्रमण र मृत्यु

दैनिकी न्यूज

२२, बैशाख २०७८
सर्वाधिक संक्रमण र मृत्यु
images

काठमाडौं । कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना (४७.०३ प्रतिशत) मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ ।

लगातार तेस्रो दिन ७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ४ सय ४८ र आइतबार ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । यसमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजिटिभ आउनेको संख्यासमेत सामेल छ । आइतबार र सोमबार संक्रमण दर क्रमशः ४२.९९ र ४३.३६ प्रतिशत थियो ।

मृत्यु हुनेमा आधाभन्दा बढी ३०–५० वर्ष उमेर समूहका र तराई जिल्लाका छन् । सातायता मात्रै कोभिडले मृत्यु हुनेको संख्या २ सय २३ पुगेको छ । ‘सक्रिय उमेर समूहका संक्रमितको मृत्यु बढी भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘कोभिडको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेमा ३० देखि ५० वर्ष उमेर समूहका सबैभन्दा बढी छन् ।’

सातायता मृत्यु हुनेमध्ये करिब २० प्रतिशतलाई कोमर्बिडिटी देखिएको डा। अधिकारीले बताए । वैशाख १५ देखि २० गतेसम्म कोभिडले मृत्यु हुने १ सय ६८ जनामध्ये ३३ जनालाई कोमर्बिडिटी ९दुई वा दुईभन्दा बढी रोग हुनु० देखिएको हो । यो साता सबैभन्दा बढी उमेरअन्तर्गत गत शनिबार काठमाडौंका

१०२ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मृत्यु भएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - ०७:३४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology