Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना सक्रिय संक्रमितको संख्या ७२ हजार नाघ्यो

कोरोना सक्रिय संक्रमितको संख्या ७२ हजार नाघ्यो

दैनिकी न्यूज

२४, बैशाख २०७८
कोरोना सक्रिय संक्रमितको संख्या ७२ हजार नाघ्यो
images

काठमाडौं । देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै सबैभन्दा बडी हो ।

बिहीबार २० हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमित संख्या ७२ हजार ५ सय ६१ पुगेको छ । ३ सय १४ संक्रमित क्वारेन्टाइनमा छन् । बिहीबारै देशभर २ हजार ७ सय ७ संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, कोरोनाबाट बिहीबार ५४ जनाको मृत्यु भएको छ । योस“गै मृतक संख्या ३ हजार ५ सय २९ पुगेको छ । देशभर हाल ६ सय ५२ आईसीयू र २ सय १ भेन्टिलेटरमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय ७ आईसीयू र १७ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुईजना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ३ सय ४९ आईसीयू र १ सय २५ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ३८ जना आईसीयू र १३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र २० जना भेन्टिलेटर, कर्णालीमा ३३ जना आईसीयू र १२ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बिहीबार थप ३ हजार ९ सय ७२ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ३ हजार १ सय ६३, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा २ सय ४२ जना गरी उपत्यकामा ३ हजार ९७ जनामा कोरोना देखिएको छ । काठमाडौंमा मात्र हाल २४ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा २ हजार ९ सय ४५ र लतिपुरमा ४ हजार ९ सय ७४ जना सक्रिय संक्रमित छन् । यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - ०५:५८:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology