Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सङ्क्रमितका लागि हेल्लो डाक्टर सेवा, भाइबरमा यो नम्बरबाट परामर्श लिन सकिने

सङ्क्रमितका लागि हेल्लो डाक्टर सेवा, भाइबरमा यो नम्बरबाट परामर्श लिन सकिने

दैनिकी न्यूज

२६, बैशाख २०७८
सङ्क्रमितका लागि हेल्लो डाक्टर सेवा, भाइबरमा यो नम्बरबाट परामर्श लिन सकिने
images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।

महासङ्घले यस अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आइतबारदेखि हेल्लो डाक्टरको सेवा सुरु गर्न लागेको हो । यसमा भाइबरको सहकार्य रहेको छ भने डाक्टर अनुरोधका आधारमा चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् ।


कोभिड सङ्क्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिनसक्ने महासङ्घले जनाएको छ । हेल्लो डाक्टर भाइबरमार्फत कोभिड सङ्क्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने महासङ्घले जनाएको छ ।
प्रारम्भमा पाँच जना डाक्टरबाट परामर्श थालनी गरिनेछ ।


त्यसका लागि बिहान ९ः०० देखि १२ः०० बजेसम्म र दिउसो ३ः०० देखि ६ः०० बजेसम्मका लागि समय निर्धारण गरिएको छ । नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ ।

त्यसपछि डाक्टरहरूले भिडियो कलमार्फत बिरामीसँग संवाद गरी परामर्श दिनेछन् । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने र देशैभरका सबै सङ्क्रमितले लिनसक्ने जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - ०६:५२:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology