Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव

दैनिकी न्यूज

२६, बैशाख २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव
images

काठमाडौं । ४० सांसदको हस्ताक्षर लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता गरिएको छ।

माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीको नेतृत्वमा कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका ४० विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका ह्न् ।


यसअघि एमालेकै माधव नेपाल पक्षका सांसदबाट ‘फ्लोर–क्रस’ हुने आशंकाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै वैशाख १९ गते पदबाट राजीनामा दिएका थिए। उनले सोही दिन मुख्यमन्त्रीको शपथ लिएका थिए।

अल्पमतमा भए पनि मुख्यमन्त्रीको शपथ खुवाएको भनेर विपक्षी सांसदहरुले विरोध गरे पनि सुरक्षाकर्मी परिचालन गरेर मुख्यमन्त्री पोखरेलले शपथ लिएका थिए।

त्यसप्रति असन्तुष्टि जनाउँदै पोखरेल पक्षका एक सांसद दृगराज पाण्डे कांग्रेस प्रवेश गरेका छन्। यस्तै दुई जना सांसद माओवादी केन्द्र प्रवेश गरेका छन्।

मुख्यमन्त्री पोखरेलले ठूलो दलका रुपमा संविधानको धारा १६८ को १ अनुसार गठन गरेको सरकार वैध नभएको उनीहरुको दावी छ । यसको सट्टामा संविधानको धारा १६८ को २ बमोजिम चारदलीय गठबन्धनको सरकार बनाउनुपर्ने उनीहरुको माग छ । प्रदेशसभाका २ सदस्यको राजीनामा र एकको पार्टी परिवर्तनपछि हाल एमाले ३८ सदस्यमा खुम्चिएको छ । विपक्षी दलले मुख्यमन्त्रीले ३ जनाको किर्ते हस्ताक्षर बुझाएको भन्दै उनीहरुले त्यसको छानबिनसमेत माग गरेका छन् ।

images
प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १३:५१:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology