Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सर्वोच्चको सरकारलाई आदेश,कोरोना संकट समाधान गर्न सर्वपक्षीय संयन्त्र बनाउनु

सर्वोच्चको सरकारलाई आदेश,कोरोना संकट समाधान गर्न सर्वपक्षीय संयन्त्र बनाउनु

दैनिकी न्यूज

२८, बैशाख २०७८
सर्वोच्चको सरकारलाई आदेश,कोरोना संकट समाधान गर्न सर्वपक्षीय संयन्त्र बनाउनु
images

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल परिस्थितीबारे सम्बोधन गर्न सर्वपक्षीय समिति गठन गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । कोरोना महामारीका कारण उत्पन्न परिस्थितीले नागरिकहरुले आधारभूत सेवा पनि नपाएको भनी दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले सो आदेश जारी गरेको हो । उपचारमा कसैलाई पनि विमुख नहोस् भन्नका लागि समिति गठन गर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेशमा भनिएको छ, ‘सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व समेत हुने गरी एउटा कार्यसमिति समेत निर्माण गरी उल्लेखित समस्याको समाधान प्रभावकारी ढंगले गर्नु गराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’ औषधि र अक्सिजनको आपूर्तिमा समस्या भएको, स्वास्थ्य सेवाका लागि जनशक्ति आपूर्तिको समस्या भएको भन्दै त्यसलाई सम्बोधनका लागि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । रिट निवेदनमा थप साधनयुक्त अस्पताल सञ्चालन गर्न लगाउन, अस्पतालमा बिरामीको चाप बढेकाले तत्काल जनशक्ति आपूर्ति गर्न लगायतका माग राखी सर्वोच्चमा निवेदन दर्ता भएको थियो ।

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - २१:४८:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology