काठमाडौं । बिहीबार सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा चार सय र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ बिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको भाउ ९१ हजार एक सय रुपैयाँमा झरेको छ । चाँदीको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँमा आइपुगेको छ ।