काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ तोलामा ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । सोमबार पनि सुनको भाउ तोलामा तीन सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४ सय रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १३९० पुगेको महासंघले जनाएको छ ।