काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको भाउ घटेको छ । स्थानीय बजारमा सुनको भाउ बुधवार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला १०० रुपैयाँले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको भाउ पनि घटेको छ । मंगलवार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार २० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।