Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन

कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन

दैनिकी न्यूज

६, जेठ २०७८
कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन
images

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि उपचार गराइरहेका केसीको आज निधन भएको हो ।

केसीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको थियो । गत वैशाख २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

उनलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानीका हुन् ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - ०९:०६:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology