Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उपनिर्वाचन मतपरिणामः स्थानीय तहमा देवकोटालाई २५ मतको अग्रता

उपनिर्वाचन मतपरिणामः स्थानीय तहमा देवकोटालाई २५ मतको अग्रता

दैनिकी न्यूज

६, जेठ २०७८
उपनिर्वाचन मतपरिणामः स्थानीय तहमा देवकोटालाई २५ मतको अग्रता
images

काठमाडौं । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा स्थानीय तह तर्फको मतगणना सकिएको छ। स्थानीय तहका २ सय ३८ मध्ये २ सय ३३ जनाले मतदान गरेका थिए।

जसमा खिमलाल देवकोटाले १२८, रामबहादुर थापा बादलले १०३ र कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेका छन्। स्थानीय तहका प्रतिनिधिको एक मत बराबर १८ मतभार रहेको छ।

अब प्रदेशसभा सदस्य तर्फको मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १७:१४:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology