Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

राष्ट्रियसभा उपनिर्वाचनः बादललाई हराउँदै गठबन्धनका देवकोटा विजयी

राष्ट्रियसभा उपनिर्वाचनः बादललाई हराउँदै गठबन्धनका देवकोटा विजयी

दैनिकी न्यूज

६, जेठ २०७८
राष्ट्रियसभा उपनिर्वाचनः बादललाई हराउँदै गठबन्धनका देवकोटा विजयी
images

काठमाडौंं । राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । उनी नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत प्राप्त गर्दा थापाले ४५ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका छन् । देवकोटाले स्थानीय तहतर्फ कुल २ सय ३३ मत खसेकोमा १२८ मत प्राप्त गरेका थिए । थापाले १ सय ३ मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवार तामाङले २ मत प्राप्त गरेका थिए ।

देवकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो ।

प्रदेशतर्फ एकमत बराबर ४८ मतभार र स्थानीयतर्फ एक मत बराबर १८ मतभार रहेको छ । जसअनुसार देवकोटाले कुल प्रदेशतर्फ २७८४ मतभार र स्थानीयतर्फ २३०४ मतभार गरी कुल ५०८८ मतभार प्राप्त गरेकय छन् । थापाले प्रदेशतर्फ २१६० र स्थानीय तहतर्फ १८५४ गरी कुल ४०१४ मतभार प्राप्त गरेका थिए । तामाङले प्रदेशतर्फ ९६ र स्थानीय तहतर्फ ३६ गरी कुल ८४ मत भार प्राप्त गरेका छन् ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १७:४०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology