Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने प्रधानमन्त्रीको दाबी

निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने प्रधानमन्त्रीको दाबी

दैनिकी न्यूज

९, जेठ २०७८
निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने प्रधानमन्त्रीको दाबी
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसक्नुभएको छ ।

नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् । रासस

images
प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १८:२४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology