काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) सुनको भाउ तोलामा ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । सोमबार सुनको भाउ तोलामा एक सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार रहेको छ ।
यस्तै, मंगलवार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमवार प्रतितोला १ हजार ३५० मा कारोबार भएको चाँदी मंगलवार पनि सोही भाउमा खरीदविक्री भइरहेको छ ।