Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोभिसिल्डकाे दोस्रो मात्रा भोलिदेखि

कोभिसिल्डकाे दोस्रो मात्रा भोलिदेखि

दैनिकी न्यूज

११, जेठ २०७८
कोभिसिल्डकाे दोस्रो मात्रा भोलिदेखि
images

काठमाडौं । कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकाले भोलिदेखि लगाउन पाउने भएका छन् ।

बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय ललितपुरले आज सूचना जारी गर्दै पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका फ्रन्टलाइनरलाई भोलिदेखि खोप लगाउने जनाएको हो ।

२०७७ फागुन २३ गतेभन्दा अगाडि पहिलो प्राथमिकतामा परी दोस्रो मात्रा लिन छुट भएकालाई खाेप लगाउन लागिएको सूचनामा उल्लेख गरेको छ । ललितपुरमा भोलि सुरक्षाकर्मीलाई मात्र खोप लगाइनेछ ।

जेठ १३ र १४ गते स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारी लगायतलाई दोस्रो मात्रा खोप लगाइनेछ ।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १६:२६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology