Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाललाई अनुदानमै १० लाख डोज खोप दिने चीनको घोषणा

नेपाललाई अनुदानमै १० लाख डोज खोप दिने चीनको घोषणा

दैनिकी न्यूज

१२, जेठ २०७८
नेपाललाई अनुदानमै १० लाख डोज खोप दिने चीनको घोषणा
images

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादका दौरान चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट गर्दै राष्ट्रपति सीले संवादका दौरान नेपाललाई अनुदान सहयोगअन्तर्गत १० लाख खोप दिने घोषणा गरेको जानकारी गराइन् । राष्ट्रपति भण्डारीले सीलाई नेपाललाई खोप आवश्यक परेको हुँदा नेपाललाई खोप खरिदको लागि सहजीकरण गर्नको अनुरोध गरेकी थिइन् । चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - २१:२४:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology