Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

होम आइसोलेसनमा बस्ने सङ्क्रमित उच्च जोखिममा

होम आइसोलेसनमा बस्ने सङ्क्रमित उच्च जोखिममा

दैनिकी न्यूज

१३, जेठ २०७८
होम आइसोलेसनमा बस्ने सङ्क्रमित उच्च जोखिममा
images

काठमाडौं । कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास ९होम आइसोलेसन० बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका स्वास्थ्य समस्या हुँदा तत्काल जाँच नगराई घरमै बस्दा उपचारमा ढिलाइ हुन सक्ने र त्यस्तो अवस्थामा जोखिम बढ्ने उनीहरूको अनुभव छ । लक्षणविहीन अवस्था, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति मात्र होम आइसोलेसनमा बस्न सुझाव दिँदै गम्भीर खालका लक्षण भएका सङ्क्रमित पनि होम आइसोलेसनमा बस्ने गरेका कारण जटिल समस्या सिर्जना भई अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले जानकारी दिए ।

उनले भने, “सङ्क्रमितहरू होम आइसोलेसनमा बस्नुपर्ने बाध्यता हो तर लक्षण देखिएपछि समयमै चिकित्सकसँग परामर्श लिने तथा जाँच गराउनुपर्छ । सङ्क्रमित गम्भीर अवस्थामा पुगेपछि उपचार गर्न हामीलाई पनि गाह्रो हुन्छ ।” गम्भीर खालका लक्षण भएका सङ्क्रमित होम आइसोलेसनमा बस्दा समस्या जटिल हुने र समयमै उपचार नपाउँदा बिरामीको ज्यान जोखिममा पर्न सक्ने डा। पुनले स्पष्ट पारे ।


यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - ०७:१२:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology