Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

कोरोना संक्रमणबाट सेनाका जर्नेल केसीको निधन

कोरोना संक्रमणबाट सेनाका जर्नेल केसीको निधन

दैनिकी न्यूज

१३, जेठ २०७८
कोरोना संक्रमणबाट सेनाका जर्नेल केसीको निधन
images

ललितपुर । नेपाली सेनाका सहायक रथी (जर्नेल) दिनेश कुमार केसीको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट निधन भएको छ ।

जर्नेल केसीको आज बिहान छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए । उनमा कोरोनासँगै निमोनिया पनि देखिएको थियो ।

नेपाली सेनाको १३ नं. बाहिनी लगनखेलमा कार्यरत जर्नेल केसीको एक सातादेखि भेन्टिलेटरमा राखेर सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - १४:३०:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology