ललितपुर । नेपाली सेनाका सहायक रथी (जर्नेल) दिनेश कुमार केसीको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट निधन भएको छ ।
जर्नेल केसीको आज बिहान छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए । उनमा कोरोनासँगै निमोनिया पनि देखिएको थियो ।
नेपाली सेनाको १३ नं. बाहिनी लगनखेलमा कार्यरत जर्नेल केसीको एक सातादेखि भेन्टिलेटरमा राखेर सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।