Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लुम्बिनी प्रदेश उपनिर्वाचनः चार मन्त्रीसहित आठ सांसद मतदानबाट वञ्चित

लुम्बिनी प्रदेश उपनिर्वाचनः चार मन्त्रीसहित आठ सांसद मतदानबाट वञ्चित

दैनिकी न्यूज

१५, जेठ २०७८
लुम्बिनी प्रदेश उपनिर्वाचनः चार मन्त्रीसहित आठ सांसद मतदानबाट वञ्चित
images

काठमाडौं । लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ ।

निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीअनुसार सो प्रदेशका ८७ प्रदेश सभा सदस्यमध्ये ७९ जनाले मात्रै मतदानमा सहभागी हुन पाउने छन् । अन्य आठ भने विभिन्न दलबाट कारबाहीमा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् । अन्तिम मतदाता नामावलीमा उनीहरूको नाम समावेश छैन ।

यसैगरी, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ मतदाताले उपनिर्वाचनमा मतदान गर्नेछन् । उपनिर्वाचनका लागि नेकपा ९एमाले०बाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ ।

नेकपा ९माओवादी केन्द्र०बाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनको पद रिक्त भएको थियो । सोही रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेले खड्कालाई अघि सारेको हो ।

पाण्डे भने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनका उमेदवार हुन् । उनी एमाले लुम्बिनी प्रदेशसभा सदस्य त्यागेर कांग्रेस प्रवेश गरेका थिए । विपक्षी गठबन्धनले उनलाई नै उम्मेदवारको बनाएको हो ।

अन्तिम मतदाता नामावलीअनुसार प्रदेशसभामा ७९ सदस्य छन् । जसमा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ ९सभामुखसहित०, जसपाका दुई र राजमोका एक सांसद छन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - ०७:०४:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology