Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना प्रभावित उद्योग-व्यवसायीलाई आयकरमा छुट

कोरोना प्रभावित उद्योग-व्यवसायीलाई आयकरमा छुट

दैनिकी न्यूज

१५, जेठ २०७८
कोरोना प्रभावित उद्योग-व्यवसायीलाई आयकरमा छुट
images

काठमाडौं । सरकारले कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई चालु आर्थिक वर्षको आयकरमा छुट दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०७७–०७८ को आयबाट हुने आयकरमा छुट दिइने घोषणा गरेका हुन्।

जसअनुसार वार्षिक २० लाखसम्मको कारोबार गर्ने उद्योगी व्यवसायीले ९० प्रतिशत छुट पाउने छन्।

त्यस्तै, वार्षिक २० देखि ५० लाख रुपैयाँसम्मको कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार गर्नेलाई ५० प्रतिशत आयकर छुट गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए।

त्यस्तै कोरोनाबाट अति प्रभावित भएका होटल, ट्राभल ट्रेकिङ, यातायात, हवाई सेवा, चलचित्र उद्योग र संचार गृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था गरिएको छ।

साथै ती व्यवसायीको नोक्सानी १० वर्षसम्म सार्न मिल्ने व्यवस्था समेत गरिएको छ।

आर्थिक वर्ष २०७५–७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ असोज मसान्तसम्म १० प्रतिशत जरिवाना बुझाएमा अरू मिनाहा गरिने व्यवस्था गरिएको छ ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १९:५५:३४ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # कर

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology