Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ह्वात्तै बढाएर ल्यायो सरकारले यसवर्षको बजेट, के-के मा कति छुट्याइयो

ह्वात्तै बढाएर ल्यायो सरकारले यसवर्षको बजेट, के-के मा कति छुट्याइयो

दैनिकी न्यूज

१५, जेठ २०७८
ह्वात्तै बढाएर ल्यायो सरकारले यसवर्षको बजेट, के-के मा कति छुट्याइयो
images

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार बढाएर ल्याएको छ । अध्यादेश मार्फत ल्याइएको बजेट केही महत्त्वाकांक्षी रहेको विश्लेषण भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका हुन्  । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताए । यस्तै,खर्चको स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड, न्यून हुन आउने रकम ५ खर्ब ५९ अर्ब ३० करोड ,वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड र आन्तरिक ऋण २ खर्ब ५० अर्ब अनुमान गरिएको छ ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - २१:३२:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology