काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ तोलामा ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रहेको छ ।
त्यस्तै आज चाँदी प्रति तोला १३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।