Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चीनबाट झण्डै १० लाख खोप आइपुग्यो

चीनबाट झण्डै १० लाख खोप आइपुग्यो

दैनिकी न्यूज

१८, जेठ २०७८
चीनबाट झण्डै १० लाख खोप आइपुग्यो
images

काठमाडौं । चीनले नेपाललाई दोस्रोपटक दिने वाचा गरेको कोरोनाविरुद्धको १० लाख डोजमध्ये मंगलबार ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये मंगलबार बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख ८ सय डोज खोप आइपुगेको हो । परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार बाँकी ९९ हजार २ सय डोज बुधबार काठमाडौं आइपुग्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जेठ १३ गते भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए । यसअघि पनि चीनले अनुदानमै ८ लाख डोज उपलब्ध गराएको थियो ।

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - २२:२७:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology