काठमाडौं । सरकारले जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याउने संकेत गरेको छ । तर केही क्षेत्रहरू खुला राखेर निषेधाज्ञालाई जेठ मसान्तसम्म पुर्याउने तयारी भएको हो । उपत्यकाका तीनै जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको भर्चुअल बैंठकले जेठ २१ गतेदेखि जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको हो । खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर खुल्ने समय भने बढाइएको छ । निर्माण कार्यलाई भने आवासीय क्षेत्रमा नै कामदार राखेर निर्माण कार्य अगाडि बढाउन दिइनेछ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डीराज निरौलाले भने, 'अहिलको निषेधाज्ञामा निषेध गरिएका खाद्यान्न र किराना पसल, बैंक तथा वित्तीय संस्था र सार्वजनिक सेवाका कार्यालयहरु सञ्चालन गर्न दिने गरि निषेधाज्ञा थप्ने तयारी रहको छ ।'