काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ, ललितपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रजिअ भट्टराईले बताए ।
सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।
बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौला र भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई सहभागी थिए ।