Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२०, जेठ २०७८
सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला छापावाल सुन ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावल सुन ९४ हजार ५०० रुपैयाँमा र तोजाबी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो। 

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - ११:१६:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology