Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२१, जेठ २०७८
ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । सुनको भाउ एकैदिन १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९०० र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - ११:२८:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology