Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ बढ्यो

आइतबार सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

२३, जेठ २०७८
आइतबार सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ। गत शुक्रबार उच्च रुपले घटेको सुनको भाउ आइतबार तोलामा ७०० रुपैयाँले बढेको छ भने चाँदीको पनि तोलामा १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार ४०० र तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भएको थियो।

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - ११:१९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology