Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ घट्यो, यस्तो छ आजको भाउ

सोमबार सुनचाँदीको भाउ घट्यो, यस्तो छ आजको भाउ

दैनिकी न्यूज

२४, जेठ २०७८
सोमबार सुनचाँदीको भाउ घट्यो, यस्तो छ आजको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ आज (सोमबार) घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) सुनको भाउ प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ घटेर तोलामा १३५० कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २४, २०७८ सोमवार - १०:५७:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology