Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२५, जेठ २०७८
सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सुनको भाउ फेरि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला छापावाल सुन ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा झरेको थियो।

गत आइतबार भने सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेको थियो। आइतबार प्रतितोला छापावाल सुन ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार तोलामा ५ रुपैयाँ घटेको चाँदीको भाउ आइतबार तोलामै १५ रुपैयाँ बढेको थियो।

images
प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - १३:४४:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology